दफा
अभियोजन सम्बन्धी सूचनाको अधिकार
अभियोजन गर्ने निकाय वा अधिकारीले कसूरकोसम्बन्धमा पीडितलाई निजले माग गरेमा देहायको सूचना यथाशीघ्र दिनु पर्नेछः-

(क) मुद्दा नचलाउन निर्णय गरेको भएमा मुद्दा नचलाउने निर्णय गर्नुकोआधार र कारण,

(ख) कुनै व्यक्ति विरुद्ध मुद्दा चलाउने निर्णय गरिएको र कुनै व्यक्तिकोहकमा मुद्दा नचलाउने निर्णय गरिएमा मुद्दा नचलाउने निर्णयगरिएको व्यक्तिको नाम, थर, वतन र मुद्दा नचलाउने निर्णयगर्नुको आधार र कारण,

(ग) मुद्दा चलाउने निर्णय गरेकोमा अभियोगपत्रको एक प्रति प्रमाणितप्रतिलिपि,

(घ) प्रचलित कानून बमोजिम हुने अदालती कारबाहीको प्रक्रियासम्बन्धी सामान्य जानकारी,

(ङ) मुद्दा चलाइएका र तत्काल मुद्दा नचलाइएका व्यक्तिका सम्बन्धमाप्रचलित कानून बमोजिम थप माग दावी लिएकोमा सोको व्यहोरार सो सम्बन्धमा मुद्दा हेर्ने अधिकारीले गरेको आदेश,

(व) पीडित व्यक्ति कसूरको साक्षी समेत भएकोमा निजले साक्षीकोरुपमा निर्वाह गर्नु पर्ने भूमिका सम्बन्धी जानकारी,

(छ) अभियोगपत्र दायर हुँदा फरार रहेको अभियुक्त मुद्दा हेर्नेअधिकारीको आदेश बमोजिम पक्राउ भई वा आफैं हाजिर हुनआएमा सोको व्यहोरा,

(ज) कसूरका सम्बन्धमा अदालतमा दायर भएको मुद्दा नेपाल सरकारलेफिर्ता लिने निर्णय गरेकोमा सोको व्यहोरा ।